२०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ ।
‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर, यतिबेला सरकारी सूत्रहरू र तिनका विदेशी मालिकहरूबाट जुन कुराहरू प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् ।&...