कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् । मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए । ‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडे