कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन

फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र  ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।बस्नेतले कोरोनाको कारण केही अगाडि पिता