फिनल्यान्ड र स्वीडेनलाई नेटो सदस्यताको बाटो खुला

स्वीडेन र फिनल्यान्डलाई नेटो सदस्यताको बाटो खुलेको छ । नेटो सदस्य देश टर्कीले यो सङ्गठनमा सदस्यताका लागि स्वीडेन र फिनल्यान्डलाई समर्थन जनाएको छ । यसअघि स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुलाई संरक्षण गर्न चाहेको देखिएपछि सदस्यताका लागि टर्की असहमत थियो । टर्कीको समर्थन विना स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध हुन नसक्ने अवस्था थियो । फिनल्यान्डले सुरक्षामा हुने खतराविरुद्ध एक अर्कालाई पूर्ण सहयोग गर्नेबारे संयुक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेको छ । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनको कार्यालयले स्वीडेन र फिनल्यान्डबाट आफ्नो माग ...