रुकुममा जनार्दन शर्मा तेब्बर मतले अगाडि, अन्य उम्मेदवारको मत कति ?

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि छन् । खसेको ६० हजार ५२७ मतमध्ये हालसम्म ३६ हजार ७१६ मतगणना भएको छ । जसमध्ये शर्माको पक्षमा २४ हजार ८२४ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत प्राप्त गरेका छन् ।यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत प्राप्त गरेका छन् ।