तस्वीरमा हेर्नुहोस् पोखरामा ट्होटें उत्सव

३१, साउन, पोखरा । गुरुङ भेषभूषामा सजिएका बालबालिकादेखि बुढापाकासम्म । गुरुङ संस्कृति र संस्कारसँग झल्किने झाँकी । हिमाली जनजीवन, गुरुङको जनजीवनको झल्को दिने घर, भांग्रालगायतका कपडा बुन्ने चर्खादेखि खर्कसम्मका बिम्ब साउनको अन्तिम मंगलबार पोखरामा एकै ठाउँमा झल्कियो । पोखरालाई तमुहरुको शहरका रुपमा चिनिन्छ । पोखराको सहरीकरणमा गुरुङ समुदाय विशेषत लाहुरेहरुको विशेष भूमिका रहेको मानिन्छ । […]