ओम र नमस्ते ग्यास उद्योग सिल

गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याससहित दुई ग्यास उद्योग सिल गरेको छ। आइतबार विभागको टोलीले अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि राजमार्ग क्षेत्रमा संचालित ओम र नमस्ते ग्यास उद्योग सिल गरेको हो।