अमेरिकाले रोप-वे बनाइदियो, नेपालले अलपत्र पार्यो

हेटौंडा : हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौं जाँदा ठाउँ-ठाउँमा तारमा डिब्बा झुण्डिएको देखिन्छ। त्यो डिब्बा कुनै समय सामान ओसारपसार गर्ने भरपर्दो उपकरण थियो। जसलाई रोप-वे नामले चिनिन्थ्यो।पछिल्लो समय आधुनिकतामा विकसित यातायातका विभिन्न सवारीसाधनसँगै ऐतिहासिक महत्व बोकेको रोप-वे एकादेशको कथामा थन्किन पुगेको छ। कतिपय पछिल्लो पुस्ताहरूलाई मकवानपुरमा रोप-वे पनि सञ्चालन हुन्थ्यो भन्ने जानकारी पनि छैन। लामो समयदेखि सञ्चालन हुन नसकेको रोप-वे सञ्चालनमा सरोकारवालाले समयमा ध्यान नदिँदा यसको अस्तित