सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छः महासचिव पोखरेल

सुनसरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको टिप्पणी गरेका छन्। सुनसरीको धरानमा शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए। निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी […]