हरिकृष्ण गौतम/म्याग्दी: हिन्दु धर्ममा तिहारलाई दिदीभाइ तथा दाजु बहिनी बीच प्रेम र आत्मियता बढाउने पर्वका रूपमा लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ। त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकामा भने दिदीबहिनी दाजुभाइ जमघट हुने कोसिस गर्दछन्। तर, अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन्। सहारा विहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटीका लगाउने गरेका छन्।दशैंमा मान्यज