सिन्धुलीमा अवैधरुपमा भित्र्याइएको १४२ बोरा भारतीय चामल बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको १४२ बोरा चामल सिन्धुली प्रहरीले मंगलबार बरामद गरेको छ । सर्लाहीबाट प्रदेश २ –०३–००१ ख ७०६५ नं को ट्रकमा काठमाडौं लैजाँदै गरेको भारतीय ब्रान्डको १४२ बोरा चामल बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका-९ मा रहेको इलाका प्रहरी कार्यालय भिमानले बरामद गरेको हो ।