बझाङको स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एकपछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा