बेपत्ता विमानको खोजी तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौं : सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ।त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाईमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ।पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी जारी छ। विमानमा १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक गरी च