इलामको चीया कारखानामा भिषण आगलागी

इलाम, २ माघ । सूर्योदय नगरपालिकाको चीया कारखानामा भिषण आगलागी भएको छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर प्रा.लि. मा साँढे ३ बजेबाट आगलागी भएको हो । आगो निभाउन दमकल लगिएपनि नियन्त्रणमा आएको छैन । आगलागीबाट कारखाना ध्वस्त भइसकेको छ ।