मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट पनि नाम दर्ता गर्न सकिने

काठमाण्डाै - निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । यसअघिकाे मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएकाे हाे...

सम्बन्धित सामग्री

विदेशबाट मतदाता नामावली संकलन गर्ने कार्यविधि तयार, श्रम स्वीकृति अनिवार्य

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ । तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ । आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन […]

मतदाता नामावली संकलन अनलाइनबाटै

बैतडी । बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालनमा रहेको छ । यसअघि निर्वाचन कार्यालयमै सबै विवरण संकलन गरिने भएपनि हाल अनलाइनमार्फत आफैं नै भर्न सकिने व्यवस्था मिलाइएको हो । नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाहरुले अनलाइन मार्फत आफ्नो विवरण भरेर नाम दर्ता गराउनसक्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी […]

आजदेखि पुनः मतदाता नामावली संकलन सुरु

काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न सकिने जनाएको हाे । जुन जिल्लामा बसेको हो सोही जिल्लाको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम लेखाउन वा अद्यावधिक गर्न सकिने पनि […]

बुधबारदेखि आयोगले मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते अर्थात भोलि बुधबारदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिएका हुन् । उनले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताए । कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न

असार १ देखि मतदाता नामावली संकलन शुरु हुने

काठमाडौं : निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ।स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गते स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक असार १ देखि सञ्चालन गर्ने आयोगले आज (सोमबार) विज्ञप्ति निकालेर जानकारी दिएको हो।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु हुन लागेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगेर नाम द

अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको छ। पहिलो चरणमा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो। त्यसमा छुटेकाहरुलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि…

मतदाता नामावली संकलन : कञ्चनपुरमा चार हजार बढीको दर्ता

कञ्चनपुर : मतदाता नामावली संकलन विशेष कार्याक्रम अन्र्तगत जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पहिलो चरणमा चार हजार ६७२ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेको छ।पहिलो चरणअन्तर्गत मङ्सिर १७ गते देखि पुस २ गतेसम्म दोधारा चाँदनी, कृष्णपुर, बेदकोट र बेलौरी नगरपालिकामा टोली खटाई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेको हो।टोलीले १५ दिनको अबधिमा दुई हजार ५१३ महिला र दुई हजार १५९ पुरुष गरी चार हजार ६७२ मतदाताको नामावलीमा नाम दर्ता  गरेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला नि

पहिलो चरणमा ५ हजार ४ सय २ जनाको नामावली संकलन

धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।...

स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने

काठमाडौं । निर्वाचन आयोगले ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा समेत संकलन कार्यक्रम शुरू गर्ने भएको छ ।      आयोगले यही मंसिर १७ गतेदेखि उल्लिखित कार्यालय रहेका स्थानीय तहबाहेकका ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा शुरू गर्न लागेको जनाएको छ । मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडाँं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्माद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनी आयोगले सो अभियान सञ्चालन गर्न लागेको हो । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन कार्य हुने विज्ञप्तिमा उल्लेख छ । आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विभिन्न रोजगारी वा अध्ययनको क्रममा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकको समेत मतदाता नामावली संकलन कार्य शुरू गरिने आयोगले बताएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करीब दुई हजार ३०० कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २०७८ पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । रासस