‘लौरो अभियान’द्वारा सबै स्वतन्त्र उम्मेदवारलाई एकजुट हुन आग्रह

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिन चाहने उम्मेदवारहरूलाई अभियानमा जोडिन आग्रह गरिएको हो।पहिलो चरणमा देशका विभिन्न ठाउँमा पुगेर स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेको अभियानले दोस्रो चरणको घोषणा कार्यक्रमको लागि देशभरका सबै उम्मेदवारलाई अभियानमा जोडिन अनुरोध गरेको हो। यसअघि अभियानले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्