नेपालमा बाल क्यान्सर रोगी बढे

नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । नेपालमा वर्षेनी क्यान्सरका १५०० बढी बालबालिका नयाँ थपिने गर्छन् । बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरूमा छैटौँ र बाल स्वास्थ्य समस्याहरूमा नवौँ नम्बरमा पर्छ ।कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझी बालबालिकामा क्यान्सर रोग लागेमा निको पार्न सकिन्छ भन्ने चेतनाको अभाव हुँदा उपचारको पहुँचभन्दा बाहिर रहेको बताउँछन् । बहुसङ्ख्यक क्यान्सर लागेका बालबालिकाहरूको उपचार आर्थिक अभाव प्रमुख कारण रहेको निर्देशक डा.