वृद्ध हत्या घटनाको अनुसन्धान जारी

फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमाले टोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालिमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त