संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार प्रदेश प्रमुख जनसेवा पदक ७ जनालाई प्रदान गर्ने निर्णय भएको छ ।यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक चार जनालाई, प्रदेश सेवा समर्पण पदक १८ जनालाई, उजिरसिंह दीप पदक ६ जनालाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी समाज सेवा श्री पदक ११ जनालाई, प्रदेश रत्न पदक तीन जनालाई, पुथाश्री शिखर पदक एक जनालाई, प्रदेश प्