आमाको फोटो

बाहुनले पहिला त फोन उठाएनन् । पछि धेरैपल्ट फोन गरेपछि सिदा नल्याउनु कोरोनाको त्रास छ । गाईलाई दिनू एक भाग सिदा । अर्को भाग गंगामा बगाइदिनू भनेर बाहुनले भनेपछि सिदा बोकेर खोलातिर जान लाग्दा मन पोल्यो । बरु आँगनमा वा घरकै छतमा त्यो खिर राखिदिन मन लाग्यो । एक बटुको खिर कुकुरलाई दिन मन लाग्यो । छतभरि एक हुल चराहरू अनिकालको गीत गाएर रमाउँदै खान थाले । कुकुर खिरमा दंग थियो । आमाको बैठक कोठामा राखेको फोटो मुसुक्क हाँसेको हाँस्यै देखेँ।