दशैँ नहुने भएपछि यसपटक पश्चिम तराई घुम्न जाने निधो गरियो । परिवारको लुम्बिनी घुम्ने इच्छा तथा नवलपरासीको भुताहामा बस्नुहुने माइलाबालाई भेट्ने उद्देश्यले पनि यात्रा तय गरिएको थियो ।
उसै त दशैँ । त्यसमाथि टीकाको दिन गाडी पाइने आश थिएन । त्यसैले तीन जनाको लागि भैरहवाको एकतर्फी टिकट काटियो । काठमाण्डौको बसाइमा पिङमा धर्ती नछोडेकाले यो रहर पूरा गर्न पनि चिसो धर्तीबाट आकाशिँदै भैरहवाको न्यानो धर्तीमा झरियो ।
झर्नुअघि जहाजमा बाहिर तापक्रम ३३ डिग्री रहेको जानकारी गराएको थियो । २०/२२ डिग्रीबाट झरेकालाई त्यस...