त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा आइतबार दिउँसो डेढ बजे पुग्दा पीसीआर परीक्षण गर्नेहरूको लामो लाइन थियो । दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको थियो । टिचिङ अस्पतालमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब २ सय भन्दा बढी सङ्क्रमित भएको अस्पताल स्रोतले जनाएको छ । आज सोमबार पनि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीको लाइन रहेकाले स्वास्थ्यकर्मीको सङ्क्रमित दर अझै बढ्न सक्ने अस्पतालका एक चिकित्सकले बताए । गएको सातादेखि स्वास्थ्यकर्मी कोरोना सङ