आधुनिक सडकबत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

काठमाडौं : काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। मंगलबार यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन्। बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ। यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम न...

सम्बन्धित सामग्री

स्मार्ट सडकबत्ती जडान गर्दै काठमाडौं महानगर

चार महिनाभित्र जडान सुरु, ४० प्रतिशत लगानी प्राधिकरणको काठमाडौं महानगरका विभिन्न स्थानमा एक वर्षभित्रै स्मार्ट सडकबत्ती जडान हुने भएको छ । यसका लागि महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भई बत्ती जडानका लागि...

१२ करोडका सडकबत्ती जडान गर्दै महानगर

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत्

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिदैं

असार २, काठमाडौं । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ ।  मंगलवार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करीब रू. १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकोमा महानगरपालिकाले कुल लागतको ६० प्रतिशत रकम व्यहोर्ने बताए । उनले भने, ‘हामी ललितपुरलाई उज्यालोका साथै सुरक्षित शहर बनाउने अभियानअन्तर्गत यस काममा लागि परेका हौँ । चक्रपथ क्षेत्र हेर्दा आधुनिक अनि आकर्षक देखिए पनि असुरक्षित रहँदा रातमा हुने दुर्घटनामा परी धेरैको ज्यान गएको छ ।’ महानगरपालिकाले खर्च गर्ने भनिएको रकममध्ये रू. तीन करोड विभागले पनि खर्च गर्ने सहमति भएको महानगरपालिकाले जानकारी गराएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सडकबत्ती प्रभावकारी भएको जनाउँदै आफूहरुले बत्ती जडानमा लाग्ने बाँकी ४० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरेको बताए । विभागका महानिर्देशक थापाले स्मार्ट सडकबत्ती जडानले आपराधिक क्रियाकलाप न्यूनीकरणमा निकै मद्दत पुग्ने धारणा राखे । उनले भने, ‘चक्रपथ क्षेत्रलाई सुरक्षित बनाउन हामीले विभिन्न अन्य योजनामा पनि काम गरिरहेका छौँ ।’ महानगर उपप्रमुख गीता सत्यालले सो क्षेत्रमा स्मार्ट सडकबत्ती जडान भएसँगै सहरको सौन्दर्य बढ्ने अपेक्षा गरिन् । यसअघि महानगरपालिकाले शहरलाई सुन्दरका साथै भयमुक्त गराउन वाग्मती पुलदेखि जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वालखु हुँदै मंगलबजार लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ स्मार्ट सडकबत्ती जडान गरिसकेको जानकारी दिएको छ ।  महानगरपालिकाका वरिष्ठ इञ्जीनियर रुद्रप्रसाद गौतमले दोस्रो चरणअन्तर्गत चक्रपथबाहिरका बस्ती खोकना, बुङ्मती, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा सडकबत्ती जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराए । रासस

उज्यालो महानगर अभियान :  काठमाडौंका सडकमा हाइमास सडकबत्ती जडान गरिने

काठमाडौंका मुख्य–मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले करिब ६० किलोमिटर सडक क्षेत्रमा एक हजार सात सय ५० वटा हाइमास बत्ती जडान गर्न लागेको हो ।  सडकबत्ती...