नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्राण्डका सामानको ईएमआई सुविधा

नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्राण्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको छ। नबिल बैङ्क लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैङ्कका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।