छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ। एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ। पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सरकारले सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न निर्देशन दिएको छ। रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालय समिति गठन गरेकोक छ।