श्वेतगंगा हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने जनाएको हो ।कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।   कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

सम्बन्धित सामग्री

सुपर माई हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, पुस १३ । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि योजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित […]

इस्टर्न हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २ ।  इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको हो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर […]

सिक्लेस हाइड्रोको आईपिओ मंगलबार बाँडफाँड हुँदै

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ मंगलबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपिओ आइपीओ प्रि-अलोटमेन्ट असोज ७ गते शुक्रवार भईसकेको छ। उक्त आइपीओमा माग भन्दा  झन्डै १६ गुणा बढीको आबेदन परेको छ। सिडीएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।   कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।

सिक्लेस हाइड्रोको आईपिओ भर्ने म्याद थपियो

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा भर्ने म्याद थप भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने ब्यबस्था गरेकोमा अब ढिलोको मिति अर्थात् भदौ ५ गतेसम्म आईपिओमा आवेदन दिन सकिने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  ।कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड आज

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रभावितलाई सिक्लेस हाइड्रोको आईपिओ बिक्रि खुला

सिक्लेस हाइड्रोपावरले आज साउन ६ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा १,२ र ३ का स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले यी क्षेत्रका स्थानीयलाई ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा स्थानीयले छिटोमा साउन २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। स्थानीयलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  ।कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं, असार ३० । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन […]