काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए।‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागे