आज विश्व एड्स दिवस, नेपालमा १० वर्षमा ६३ प्रतिशतले घट्यो एचआईभी संक्रमण

काठमाडौँ – आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस। ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३४औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो। सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन्। एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको […]