निर्वाचन बिथोल्ने गतिविधि हुन दिइन्न : थपलिया

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरूले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा