म्याग्दी : धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिने भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको स्याउका बिरुवा गुर्जामा रोपिएको हो।कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले यसपालि गुर्जामा उच्च घनत्वको ७०० कलमी बिरुवा रोपिएको जानकारी दिए। ‘गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ, हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको हो, उनले भने ।निर्देशनालयको