काठमाडौं : बुधबार नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्।पोजेटिभ व्यक्तिलाई नेगेटिभ रिपोर्ट दिएको भन्दै प्रहरीको अपराध महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले तीनकुनेस्थित कान्तिपुर अस्पताल र थिमिस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब छापा मारेको थियो।ल्याब सञ्चालक र बिचौलियालाई नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको हो।धेरैले अनुमति नै नलिई समेत परीक्षण गरिरहेका छन्कोरोना संक्रमण महामारी सुरु भएपछि सरकारले