उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका दृगनारायण पाण्डेय आठ महिनामै आउट हुने भएका छन् । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था अनुसार पाण्डेय आगामी फागुन २० गतेबाट विदा हुने भएका हुन् ।नेकपा माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्काले नेकपा एमाले रोजेपछि माओवादीले पदमुक्त गर्दा उपनिर्वाचन भएको थियो । माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित अर्घाखाँचीका खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो । पह