तथ्यांकोवाच : रू. १२ करोड १० लाख बराबरको हतौडा आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. १२ करोड १० लाख बराबरको हतौडा आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा हतौडाको आयातमा औसत वार्षिक वृद्धिदर २७ दशमलव २३ प्रतिशत देखिन्छ ।  मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा हतौडाको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा हतौडाको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र हतौडा उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । परन्तु हतौडा उद्योगको विकासलाई उचित ध्यान दिन नसक्दा नेपाल हाते औजारमा परनिर्भर हुँदै गएको छ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले हतौडा स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

सम्बन्धित सामग्री

राजस्व चुहावटमा कैद र १२ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ : राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका ५ का  न्यू समीक्षा सप्लायर्सकी सञ्चालक २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगञ्ज महानगरपालिका ८ का सोही सप्लायर्सका बैंक खाता सञ्चालक ४१ वर्षीय प्रदीपकुमार गुप्ता पक्राउ परेका छन्।उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो।उनीहरू

३२ जिल्ला पहिरो र २३ जिल्ला बाढीको उच्च जोखिममा

मनसुन सुरु भएको एक महिनामै विपद्का घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । ५४ घर पूर्ण र २० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, सयौं पशु मरेका छन् । विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा ११/११ गरेर २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजार क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ ।

त्रियुगाको राजश्व लक्ष्य नजिक

गतवर्ष झण्डै ११ करोड संकलन गरेको त्रियुगाले चालुवर्ष १२ करोड २० लाख संकलन गर्ने संशोधित अनुमान गरेकोमा जेठ मसान्तसम्म ९ करोड १० लाख मात्र संकलन भईरहेकाले लक्ष्य चुम्न कठिनाई देखिएको हो।...

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित : यूएनएफपीए

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी संकट भनेको छ । उसले हरेक […]

‘आरआरआर’को क्रेज : रिलिजअगावै १० लाख डलरको टिकट बिक्री

मुम्बई । दर्शकको प्रतीक्षामा रहेको चलचत्रिमध्ये एक हो, निर्देशक राजमौलीको ‘आरआरआर’ । चलचित्रमा साउथ सुपरस्टार राम चरण र जुनियर एनटीआर तथा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय छ । चलचित्रले रिलिजअगावै १० लाख डलर संकलन गरिसकेको छ । आरआरआरले अमेरिकामा प्रिबुकिङमार्फत १० लाख डलर (करिब १२ करोड भारु)...

इन्भेष्टमेन्ट बैंकद्वारा ‘एनआईबीएल समृद्धि फन्ड-२’ योजना संचालन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल म्युचुअल फन्ड” अन्र्तगत संचालन हुने चौंथो योजनाको रुपमा ‘एनआईबीएल समृद्धि फन्ड-२’ याेजना संचालनमा ल्याएको छ । बैंकले यस बन्द मुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको जनाएको छ । यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ र अवधि १० बर्षको रहनेछ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाई मध्ये बीज पुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धकका लागि गरी कुल न

एनआईबिएल समृद्धि फण्ड - २ ले सोमवारदेखि १२ करोड इकाई विक्री गर्ने

वैशाख १२, काठमाडौं । एनएआईबिएल एस क्यापिटल लिमिटेडले सोमवारदेखि एनआईबिएल समृद्धि फण्ड- २ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।  कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएको हो । आवेदकले १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।उक्त इकाई छिटोमा वैशाख १६ र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ । एनआईबिएल समृद्धि फण्ड २ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले बताएको छ । उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट

अर्थ मन्त्रालयको रातो किताबअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड २४ लाख बजेट विनियोजन भएको छ । जसमा पदाधिकारी सेवासुविधा ८० लाख, कर्मचारी तलब र प्रशासनिक खर्च ११ करोड ३४ लाख छ । तर, कार्यक्रम खर्च भने जम्मा १० लाख मात्रै ।यसबाटै बुझ्न सकिन्छ, लक्षित समुदायको हकहित र अधिकारका लागि काम गर्ने आयोगहरूको ठूलो ...

प्रदेश सरकारद्धारा किसानलाई कोभिड-१९ विशेष अनुदान वितरण

प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत आज रु। १२ करोड ५० लाख अनुदान वितरण गरेको छ । प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो ।

सरकारले फागुनमा बाँड्यो १२ करोड, विदेश भ्रमणमा २ करोड खर्च, १८ अर्ब रकमान्तर

काडमाण्डाै - सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले  पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई  ...