सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]