हुम्लामा पनि भत्कियो गठबन्धन

सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको बताइएको छ ।