म्यानमार घटनाबारे परराष्ट्रको विज्ञप्ति : राष्ट्रपति मिन्ट र सुचीलाई रिहा गरियोस्

काठमाडौं : परराष्ट्र मन्त्रालयले म्यानमारमा प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुन: स्थापना हुनेमा विश्वस्त रहेको बताएको छ। म्यानमार सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएपछि एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएको हो। मन्त्रालयले म्यानामरमा सेना नियन्त्रणमा रहेका राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सुचीलाई तत्काल रिहा गर्न माग गरेको…

सम्बन्धित सामग्री

अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा म्यानमारमा भएको बर्बरताको भर्त्सना

एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले म्यानमारमा सैनिक ‘कू’ पछि प्रजातन्त्रको माग गर्दै भएका प्रदर्शनमा भएको दमनको भर्त्सना गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै आफू प्रजातन्त्रप्रेमी म्यानमारका जनताको पक्षमा रहेको बताएका हुन्। सुरक्षा फौजले म्यानमारका जनतामाथि गरेको दमनलाई उनले ‘हृदयविदारक हिंसा’ भनेका छन्। उनले विश्व समुदायको ध्यान अब म्यानमार केन्द्रित हुनेपर्ने समेत बताए।