सल्यान : सल्यानमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान मर्कामा परेका छन्। जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन्।जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन्। बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता रहेको र बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका-३ रातपहराका शिवबहादुर केसीले बताए।उनले भने‚ ‘गाउँका सबै मिलेर राति पनि बारीमा बस्छौं। समूहमा आउने बँदेललाई एकातिरबाट धपायो