‘एक घण्टाकाे बाटाे अब १० मिनेटमै’

बाग्लुङ – बाग्लुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।  दुदिलाभाटीमा पर्ने मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २ सय २७ दशमलव २ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअघि नै निर्माण भएको छ ।  काठमाण्डौको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्...