सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले पार्टीको समस्या देखाएर प्रतिनिधिसभा विघटन गर्ने कुरा अमिल्दो भएको बताएका छन् ।
सबै पक्षको कुरा सुनेर, कानून, संविधान परम्परा र नजीरलाई मध्यनजर राखेर अदालतले राम्रो निष्कर्ष सुनाउने उनको विश्वास छ ।
जनता समाजवादी पार्टी (जसपा) ले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पूर्व न्यायाधीश लालले २०४७ सालको संविधानमा राखिएको प्रतिनिधिसभा विघटन सम्बन्धी धारा २०७२ सालको संविधानमा सुझबुझपूर्ण ढंगले झिकिएकोे बताएका हुन् ।
‘पार्टीको समस्यामा संविधानक...