२० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् । उनको समूहले ‘हाइ प्रोफाइल’ आतङ्ककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो । समूहका कार्यकर्ताले शृङ्खलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इज