पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद गरेर त्यसतर्फ पठाएको छ । मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन करिब १९ लाख रुपैयाँको सामान खरिद गरिएको हो ।बिजुली बत्ती नभएका कारण कार्यालयमा काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । उनका अनुसार प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोज