अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानका लागि १० लाख सहयोग जुटाउने गोकर्ण विष्टको प्रतिबद्धता

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले जिल्ला अस्पताल गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख रुपैयाँ बराबरको सहयोग जुटाउने घोषणा गरेका छन् ।  आइतवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले सो रकम बराबरको सहयोग जुटाउने घोषणा गरेका हुन् ।  पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागतयोग्य रहेको उनको भनाइ छ ।