काठमाडौं : अमेरिकाले रुसी विमानलाई आफ्नो हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। संसद बैठकमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसको व्यवसायिक तथा निजी सबै प्रकारका विमानलाई आफ्ना हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्। युरोपेली देश र क्यानडाले यसअघि नै आफ्नो हवाइ क्षेत्र रुसका लागि बन्द गरिएको घोषणा गरिसकेका छन्। यो प्रतिबन्धले रुसलाई अझ एक्लो पार्ने र अर्थव्यवस्थामा दबाब पैदा गर्ने बाइडेनको भनाइ छ। बाइडेनले रुसी मुद्रा रुबल ३० प्रतिशत र शेयर बजारमा ४० प्रत