राजनीतिक आस्थाका आधारमा मात्रै नेतृत्वमा पुग्ने परिपाटीको अन्त्य हुँदा आम चिकित्सकमा संघप्रति अपनत्व र भरोसा बढ्नेछ। हाल सदस्यता लिन अनिच्छुक देखिएका ठूलो संख्याका चिकित्सक पुनः संघतर्फ आकर्षित हुने सम्भावना प्रबल हुन्छ। यसले सदस्य संख्या मात्र होइन, संघको प्रतिनिधित्व शक्ति र वैधानिक दबाब क्षमता पनि उल्लेख्य रूपमा बढाउनेछ।
काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउने बाचा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्। ‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ, ६ दशकमा जे अनुभव हाँसिल गरेको छु’, उनले भने, ‘सिंगो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित र निर्णायक राष्ट्रिय शक्ति […]
काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार फिल्मका शीर्ष कलाकार नायक अबिषेक खड्का र नायिक आकृती राजभण्डारी मात्रै फिचर्ड गीत सार्वजनिक गरेको हो । भिडियोमा युवा जोडी आकृति र अबिषेक प्रेममा रमाइरहेको देख्न सकिन्छ । यस गीतमा केहर सिंह लिम्बूको स्वर रहेको […]
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय आप्रवासन दिबस २०२५ को अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार बोर्डको आयोजनामा गरिएको कार्यक्रममा नीति पत्रका रुपमा प्रतिवेदन सार्वजनिक गरिएको हो । रीइन्टीग्रेट […]
ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भिड लागेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश गरेको हो। […]