रोल्पा आधार क्षेत्र भएका माओवादी नेताहरू अन्य जिल्लामा ‘स्पेस’ खोज्दै

रोल्पा जिल्ला नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो । यस जिल्लाबाट माओवादी केन्द्रका कयौं नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर निर्वाचन क्षेत्र कम भएका कारण रोल्पा आधार क्षेत्र भएका माओवादी केन्द्रका कयौं नेता अन्य जिल्लातिर केन्द्रित हुन बाध्य भएका छन् ।रोल्पामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी प्रत्यक्षतर्फ जम्मा तीन नेतामात्र उम्मेदवार बन्न पाउने भएकाले अन्य नेताहरु रोल्पा छाडेर अरु जिल्लामा उम्मेदवार बन्न बाध्य भएका छन् ।