भारतमा कोरोनाको संकट चर्किंदै गर्दा खोप बनाउने कच्चा पदार्थ आपूर्ति गर्न अमेरिकाले रोकेपछि भारतीयहरू आक्रोशित भएका छन् ।
अमेरिकाविरुद्ध सामाजिक सञ्जाल तथा मिडियामार्फत चर्को दबाब परेपछि अहिले आएर अमेरिकाले महामारी व्यवस्थापनमा भारतलाई साथ दिने र खोपका लागि कच्चा पदार्थ पनि पठाउने आश्वासन दिएको छ ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी समकक्षी जेक सलिभानसँग कुराकानी गरेपछि बाटो खुलेको हो ।
उनीहरूबीच फोनमा कुराकानी भएपछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एमिली होर्न...