सल्यान : कोरोना भाइरस संक्रमण संख्यामा वृद्धिसँगै मृत्युदर पनि बढ्दै छ। जसका कारण सल्यानमा शव व्यवस्थानमा चुनाैती थपिएको छ। जिल्लामा एउटा पनि शववहान नहुँदा सक्रमणबाट मृत्यु भएकाको लास बोक्ने साधनसमेत अभाव भएको छ। शारदा नगरपालिकाले उपलब्ध गराएको टिपरमा हालेर शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शववहान नभएपछि विकल्पको रुपमा शारदा नगरपालिकाको टिपरका माध्यमबाट शव व्यवस्थापन हुँदै आएको छ।अन्य पालिकाले आफ्नो नागरिकको मृत्यु भएपछि शवको बन्दोबस्