सरकारले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद विस्तार र सरकारका काम कारबाहीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार बुधबार साँझ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको निवासमा भेटवार्ता भएको हो । सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बालकोट जानुभएको …