पश्चिमी वायुकाे प्रभावले देशभर चिसाे बढ्याे, याे हप्ता माैसम यस्तै रहने

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।  आज शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गएको हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको हो । तापक्रम घटेका कारण चिसो महसुस भएको उहाँले बताउनुभयो । उहाँले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर–पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘बिस्तारै गर्मी सम...