उत्तर कोरियामा भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी

काठमाण्डाै – उत्तर कोरियामा भोकमरीको अवस्था सन् १९९० को जस्तै हुन थालेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले बताएका छन् । सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हिउँदयाम नजिकिँदै गर्दा खाद्य अभाव झनै खराब अवस्थामा पुग्ने अनुमान छ । सडकमा अनाथ बालबालिकाको सङ्ख्या बढ्नुका साथै भोककै कारण दैनिक ज्यान गइरहेको समाचार संस्था डेली एनकेले ...